काठमाडौं । सरकारले देशभरमा सार्वजनिक सवारीको दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले अर्को सूचना जारी नभएसम्मका लागि देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्न निर्देशन दिएको हो ।
विभागले बिहीबार सातै प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न भनेको छ । विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जाम बढ्दै गएको छ । यसका कारण सर्वसाधारणको आवागमनमा कठिनाइ उत्पन्न भएको र इन्धनको मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्रमा थप असहजता सिर्जना गरेको उल्लेख गरिएको छ ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले आवश्यक देखिएमा सवारी दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ ।
उक्त निर्णयअनुसार अब सार्वजनिक सवारीसाधनका साथै इलेक्ट्रिक सार्वजनिक सवारीसाधनको समेत नयाँ दर्ता अस्थायी रूपमा बन्द गरिने भएको छ । विभागले प्रदेशअन्तर्गतका यातायात कार्यालय तथा स्थानीय तहलाई नयाँ दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको छ ।
निर्देशक मणिराम भुसालद्वारा हस्ताक्षरित पत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले यस्तो कदम चालिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






