काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् । प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै राईले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दाखेरी राम्रो हुन्छ ।’
आफ्ना भनाइ राख्ने क्रममा राईले प्रधानमन्त्री शाह पनि संसद सदस्य भए संसद निमावलीको नियम १५ को उपनियम २ मा भएको व्यवस्था अनुसार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताए ।
आफूले २०८३ साल वैशाख २८ र २९ गते उठाएका प्रश्नको जवाफ नपाएको गुनासो उनले गरे । आफ्ना प्रश्न केही गृह मन्त्रालय र केही रक्षा मन्त्रालयसँग सम्बन्धित रहेको र ती मन्त्रालय हाल प्रधानमन्त्री मातहत रहेकाले त्यसको जवाफ पनि प्रधानमन्त्री बालेन शाहले नै दिनुपर्ने बताए ।
सीमा समस्या खासगरी लिपुलेकसँग सम्बन्धी प्रश्न आफूले राखेको स्मरण गराउँदै राईले भने, ‘हाम्रो नियमावलीमा ७ दिनभित्र जवाफ दिनुपर्छ भन्ने उल्लेख छ तर १० दिन जति भइसक्यो । उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन रु यो देशमा पार्लियामेन्ट छ कि छैन ?’
उनले भने, ‘हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्न पर्छ कि पर्दैन रु कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







