काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रतिनिधिसभाको बैठकमा सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । बुधबारको बैठकमा विशेष समय मागेर आफ्नो अभिव्यक्ति राख्दै सहकारी पीडितहरुलाई फिर्ता दिन लागिएको रकमको श्रोत के हो भनेर जवाफ मागेका हुन् ।
अध्यक्ष साम्पाङले बैठकमा सरकारले अपारदर्शीता अपनाएको आरोप लगाए । उनले सरकार सदनप्रति नै जवाफदेही नबनेको बताए । संसद्मा बारम्बार प्रश्न गर्दा पनि प्रधानमन्त्री र मन्त्रीहरू संसद् बैठकमा उपस्थित नभएको उनको भनाइ रहेको छ ।
उनले भने– ‘सरकारले सहकारी पीडितलाई फिर्ता गर्न चाहेको पैसाको स्रोत केहो ? सुकुम्बासी समस्याको व्यवस्थापना कसरी गर्न चाहेको हो, मन्त्रीहरू संसद् बैठकमा आएनन् । यो संसद्प्रति सरकार जिम्मेवार हुँनै पर्छ । जनताको प्रश्न राख्ने सदन हो यो। सरकारका मान्छेहरूलाई प्रश्न सोध्न पाइयोस् ।’
अध्यक्ष साम्पाङसहितका उक्त पार्टीका सांसदहरुले उठेर प्लेकार्ड प्रदर्शन गर्दै विरोध गरेका थिए । त्यसरी सांसदहरुले प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले आफ्नो शैली सुधार गरेर संसदीय मर्यादा कायम गर्न चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







