काठमाडौं । हुम्लामा असिनापानी र हुरीपछि घरगोठ बगेका छन् । जिल्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले घर गोठ बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले दिएको जानकारी अनुसार हावाहुलीसहितको असिना पानीपछि रातको समयमा बाढी आएको थियो । बाढीले स्थानीयको घर गोठ बगाउँदा भेडाबाख्रा पुरिएका छन् भने मानवीय क्षतिको विवरण आउन बाँकी रहेको छ । नजिकको प्रहरी कार्यालयबाट घटनास्थलमा पुग्न पैदल सात घण्टा यात्रा गर्नुपर्ने भएकाले घटनास्थलमा प्रहरी पुग्न सकेको छैन ।
असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ ।
सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने डिएसपी श्रेष्ठले बताए ।असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







