काठमाडौं । नेकपा (एमाले)को आजका लागि तय भएको सचिवालय बैठक अचानक स्थगित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लाग िआफ्नो निवास गुण्डुमा बस्ने गरी बोलाएको बैठक अन्तिम समयमा अचानक स्थगित गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले दिएको जानकारी अनुसार आज स्थगित भएको बैठक अब सोमबार दिउँसो बस्नेछ । कतिपय नेताहरु आज उपत्यका बाहिर जानु पर्ने भएको तथा पार्टीका अन्य कार्यक्रमहरु पनि गर्नु पर्ने भएकोले बैठक सोमबारलाई सारिएको उनको भनाइ रहेको छ ।
सोमबार बस्ने बैठकले देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनताका अपेक्षा, सरकारका कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







