काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन् । संघीय सांसदसमेत रहेका साम्पाङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप लगाउँदै राजीनामा माग गरेका छन् ।
नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको आरोप उनको छ ।
प्रधानमन्त्री शाह असक्षम र असफल भएको भन्दै उनले आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ ? भन्दै प्रश्न गरेका छन् । न्यूनतम कर्तव्य समेत पूरा नगरेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उनको छ ।
‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ,’ साम्पाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ बाट नेपाल लाइफ सम्मानित
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने

ट्रेन्डिङ
खबरमुकाम







