काठमाडौं । पूर्वगवृहमन्त्री सृुधन गुरुङमाथि छानबिन गर्न समिति गठन भएको भएको छ । सरकारले उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहने गरी समिति गठन गरी छानबिन अगाडि बढाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
गुरुङले पदबाट राजीनामा दिएको २१ दिनपछि छानबिन समिति गठन भएको हो । उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । सुदनले क्लिन चिट पाए पुनः गृहमन्त्रीमा दोहोर्याउने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ । धेरैले उनको विवाद निकै गहिरोसम्म रहेकाले क्लिनचिट पाउने सम्भावना कम रहेको बताउँछन् । अहिले प्रधानमन्त्रीले गृह मन्त्रालय आफैंसँग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बुढानीलकण्ठ नगरपालिका र इन्डो अष्ट्रेलिया सनातन सोसाइटीबीच सांस्कृतिक सहकार्यबारे छलफल
- हर्क साम्पाङले विज्ञप्ति निकालेर मागे प्रधानमन्त्री बालेनको राजीनामा
- पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
- आज सावटै प्रदेशमा छ पानी पर्ने सम्भावना
- आजको बिदेशी मुद्रा, कहाँको कतिमा हुँदैछ कारोबार ?
- मन्त्रालयको संख्या घटाएसँगै मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर
- सम्पत्ति छानबिन आयोगद्वारा एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह (सूचीसहित)
- सिटिजन्स बैँकको अगुवाइमा जलविद्युत आयोजनामा ७ अर्ब ५० करोड लगानी


ट्रेन्डिङ
खबरमुकाम






