काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रहेका रामबहादुर थापाको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आजको संसद् बैठकमा रास्वपाका सांसद् मनिष खनालले एमाले सांसद थापाले मंगलबार संसद्को बैठकमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले हटाउन रुलिङ गरेका हुन् ।
त्यस लगत्तै प्रधानमन्त्री बालेन्द्र साहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रमका बारेमा बोल्न सभामुखले कार्यसूची अगाडि सारेपछि विपक्षी सबै सांसदले विरोध गरेका छन् । संसदमा अवरोध भएपछि सभामुख अर्यालले विपक्षी र सत्ता पक्षका सांसदहरुलाई बोल्न दिएका छन् ।
जसअनुसार, नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, नेकपा (एमाले)का ऐनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कविन्द्र बुर्लाकोटी लगायतले आफ्नो अभिव्यक्ति राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ बाट नेपाल लाइफ सम्मानित
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने

ट्रेन्डिङ
खबरमुकाम







