काठमाडौँ । प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने कि दलको उपनेताले सम्बोधन गर्ने भन्ने विषय टुंगो लागेको छैन । यसबारे केही बेरमा बस्ने संसदीय दलले टुंगो लगाउने सचेतक प्रकाशचन्द परियारले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेस दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।
पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधनका लागि प्रचण्डले विशेष समय माग गरेका छन् । निर्वाचित भएपछि उनले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।
हिजो बसेको दलको बैठकमा सरकारले संसद् छलेर अध्यादेश ल्याएको, उचित व्यवस्थापन नगरी काठमाडौँ उपत्यकाका नदी किनारबाट सुकुम्बासी बस्ती हटाएको लगायत विषयमा सरकारको खबरदारी गर्ने निर्णय गरेको थियो ।
यस्तै श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् ।
बजेट अधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ बाट नेपाल लाइफ सम्मानित
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने

ट्रेन्डिङ
खबरमुकाम







