काठमाडौं । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको शनिबारको एक अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यम तातिरहेको छ । हालैको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफिारिस गरेपछि आक्रोशित कार्कीको अभिव्यक्तिले सामाजिक सञ्जाल तताएको हो ।
कार्कीको त्यस्तो अभिव्यक्तिसँगै प्रधानमन्त्री बालेन्द्र साहसँग पनि उनको सम्बन्ध चिसिएको चर्चा चल्न थालेको छ । कार्कीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा आफ्नो भनाइ राख्ने क्रममा वर्तमान सरकारप्रति असन्तुष्टि मात्रै पोखिनन्, कार्यक्रमबाट निस्कने क्रममा पत्रकारसँगै आक्रोश पोखिन् ।
पत्रकारले ‘दर्शन आमा’ भनेर सम्बोधन गर्नासाथ कार्कीले आक्रोशित हुँदै आफूलाई आमा भनेर बोलाउने को हो ? भनेर प्रश्न गरिन् । अनि आफूलाई आमा नभन्न बरु बालेनको श्रीमतीलाई आमा भन्न चेतावनी दिइन् । पत्रकारहरुले आमा फेरेको उनको अभिव्यक्ति थियो ।
‘कोले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’–कार्कीले आक्रोशित हुँदै भनिन् । उनी पछिल्लो समय सरकारसँगै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री साहसँग असन्तुष्ट रहने गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







