काठमाडौं । भारतको तामिल चलचित्रका स्टार नायक विजय थलापति अब राज्य सरकारको मुख्यमन्त्री बन्ने पक्का पक्की भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके) विजय थलापतिलाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
टिभिके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समिकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए ।
उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन् ।
शनिबार विसिकेले आधिकारिक रूपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको छ।
कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन् । यससँगै टिभिकेले राज्य विधानसभामा बहुमतको ११८ सदस्यको जादुई आँकडा पार गरेको छ ।
वीसीके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र हस्तान्तरण गरिसकेको बताएका छन् ।
तमिलनाडुमा २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक छ भने टिभिकेले १०८ सिट पाएको छ । कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टी ९सिपिआ० का दुई, भारतीय कम्युनिष्ट पार्टी–माक्र्सवादी ९सिपिएम० का दुई र भिसिकेका दुई विधायकको समर्थनमा टिभिके गठबन्धनको सङ्ख्या १२१ पुगेको छ ।
तर, विजय दुई सिटबाट विधायक भएकाले उनको एक सिटको मतदानमा कुनै अर्थ नरहने हुँदा उनको सत्ता समीकरणमा १२० सदस्यको समर्थन रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







