काठमाडौं । गायक, संगीतकार र गीतकार राजनराज सिवाकोटीको सृजनामा ‘जोवन सुईंकेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अब्बल र चल्तीका सर्जकको परिचय स्थापित गरेका सिवाकोटीको शब्द, संगीत तथा गायनमा उक्त गीत सार्वजनिक भएको हो ।
साथीभाईमा गफगाफ र छेंडखानी गर्ने वास्तविक जीवनको शैलीमा दुईजना गायक र एक गायिकाको स्वरमा फरक स्वाद दिने तरिकाले गीत बनाइएको छ । गीतमा सिवाकोटीको साथमा तारावीर पाण्डे र मिलन नेवारको स्वर रहेको छ भने खाजा खाने बसाइको क्रममा एकले अर्कालाई सुझाव दिएको भाव तीनैजना गायक गायिकाले देखाएका छन् ।
भिडियोमा आश्मा विश्वकर्मा, प्रभात पल ठकुरी र सम्राट अधिकारीको लिड नृत्य रहेको छ । भिडियोलाई आकर्षक बनाउन लोकेसन र कोरसलाई पनि प्राथमिकता दिइएको छ । उत्सव दाहालले छायाँकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् भने रोशन विश्वकर्माको कोरियोग्राफीमा राजेश पुमा राईले निर्देशन गरेका छन् ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







