काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बाहिरिएका छन् ।
बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै डा. भट्टराईले गरेको आग्रहलाई स्वीकार गर्दै शुभकामना समेत दिएको छ ।
बैठकको निर्णयमा भनिएको छ, यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षककारुपमा रहेका डा. बाबुराम भट्टराईले कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको कुरा पार्टीलाई जानकारी गराउनु भएकोले उहाँको उक्त वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो।
पार्टीले अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्य समेत नरहने गरी सार्वजनिक वक्तव्य दिएको भन्दै उनलाई पनि आगामी व्यक्तिगत तथा राजनीतिक यात्रा सफलताको शुभकामना दिने निर्णय गरेको छ ।
बैठकले समसामयिक राजनीति र गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दा वर्तमान राजनीति र राज्यसत्ता मजदुर, श्रमजीवी तथा उत्पीडित जाति र समुदायको पक्षमा नरहेको छोटो समयमै स्पष्ट भएको निष्कर्ष निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







