काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहितका १० जनालाई छोड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
केही दिन अगाडि धादिङकी शोभा भनिने जानुका पाठक र उनीहरुबीच घम्साघम्सी भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पाठकले उनीहरुका विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिएकी थिइन् । बिहीबार जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अम्बिकासहित आरोपित सबैजना अदालतमा उपस्थित भएका थिए । यसरी छुट्नेहरुमा गीता बस्नेत, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







