काठमाडौं । सरकारले हालै ल्याएको एक अध्यादेशको बलमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतका विभिन्न निकायका ३३ जनाको पद गएको छ । यसरी पद गुमाउनेृहरुमा राजनीतिक पहुँचदेखि खुला प्रतिस्पर्धाबाट आएकाहरुसम्म रहेका छन् ।
सरकारले ल्याएको राजनीतिक नियुक्ति सम्बन्धी अध्यादेशबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसहित सदस्यहरु नरेन्द्रकुमार देव, कुमारमणि थपलिया, ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा पदमुक्त भएका छन् ।
त्यसैगरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा र सदस्यहरु हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबु शरण सुबेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगत, रेनुका पराजुली र राजुकुमार खत्री पदमुक्त भएका छन् ।
नेपाल वायु सेवा निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा, साँस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार राई र सदस्य पुजा श्रेष्ठ, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यार्क्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव दिपक श्रेष्ठ तथा सदस्यहरु श्यामबहादुर मिजार, गोपीकृष्ण शर्मा, विश्वराज पौडेल, राम नरेश कोहार, श्रीराम यादव, राजेश शाक्य, प्रकाश भट्टराई, र धनराज कँडेल पदमुक्त भएका छन् ।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका सदस्य रविन्द्र सिलवाल र भीमप्रसाद पन्त तथा वृहत्तर जनकपुर विकास परिषद्का अध्यक्ष शितल साहु पूर्वे पनि अध्यादेश लागू भएसँगै स्वतः पदमुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







