उद्योग वाणिज्य महासंघको निर्वाचन आज, को–को गर्दैछन् प्रतिस्पर्धा ?  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । निजी क्षेत्रका व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको महासंघको निर्वाचन आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुन लागेको हो । सोमबार महाधिवेशनको उद्घाटन भने ललितपुरको ग्वार्कोस्थित होटल तुलिपमा भएको थियो । 

महासंघको चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यहरूका लागि आज चुनाव हुँदैछ । चुनावको समय आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । 

महासंघको भावी नेतृत्वका लागि व्यवसायीहरुका दुई प्यानल प्रतिस्पर्धामा रहेका छन् । महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको एउटा प्यानल बनेको छ भने ६०औँ साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने निश्चित भएका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको अर्को चुनावी प्यानल बनेको छ । महासंघको यसपटकको निर्वाचन ढकाल प्यानल र श्रेष्ठ प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्ष ढकाल समूहबाट व्यवसायी हेमराज ढकालको नेतृत्वमा ६ जनाले सामूहिक उम्मेदवारी घोषणा भएको छ । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका ढकालको समूहबाट पाँच उपाध्यक्षका लागि ज्योत्सना श्रेष्ठ, उमेश डालमिया, कल्पना गैरे, नरेशलाल श्रेष्ठ र कमला श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

महासंघको वर्तमान कार्यसमितिको एसोसिएट उपाध्यक्ष रहेकी ज्योत्सनाले पुनः सोही पदका लागि उम्मेदवारी दिएकी हुन् भने दुई जना जिल्लारनगर उपाध्यक्ष ९संशोधित विधानअनुसार०मा डालमिया र गैरेले उम्मेदवारी दिएका छन् । वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने ढकाल प्यानलबाटै प्रस्तावित महिला उपाध्यक्षका लागि कमला श्रेष्ठले समेत उम्मेदवारी दिएकी छन् । यो प्यानललाई अध्यक्ष ढकालको खुला समर्थन छ ।

यसैगरी वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको समूहबाट जिल्लारनगरतर्फका दुईवटा उपाध्यक्षका लागि कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डेले उमेदवारी घोषणा गरेका छन् भने वस्तुगत संघतर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै