काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र ६ राष्ट्रिय राजनीतिक दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरुसँग सभामुख अर्यालको छलफल भएको हो ।
आगामी जेठ १५ मा सरकारले संसदमा बजेट प्रस्तुत गर्नैैपर्छ । ढिलो गरे पनि त्योभन्दा केही दिन अगाडि संसद अधिवेशन सुरु गर्नुपर्ने हुन्छ । यसैलाई मध्यनजर गरी सभामुखले अग्रसरता बढाएका हुन् ।
प्रमुख सचेतकहरुसँग संसद अधिवेशन प्रक्रिया र बैठक सञ्चालन हुँदा सांसदको भूमिकासहितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







