बालेन साह सरकारले यी १ हजार ५३४ जनालाई हुत्याउँदै

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारले एकसाथ १ हजार ५३४ जनाको राजनीतिक नियुक्ति खारेज गर्ने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै सरकारलाई यसअघिका राजनीतिक नियुक्ति खारेज गर्ने बाटो खुलेको हो । 

राष्ट्रपति पौडेलले शनिबार सो अध्यादेश जारी गरेसँगै विभिन्न नियामक निकाय, सार्वजनिक संस्था तथा राज्यका अन्य अंगहरूमा नियुक्ति लिएर कार्यरतहरुको पद जाने पक्का भएको छ । एकैपटक ठूलो संख्यामा सार्वजनिक पदाधिकारी पदमुक्त हुने व्यवस्थासहित जारी गरिएको अध्यादेशले सबै क्षेत्रमा तरंग ल्याएको छ । 

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिले राजनीतिक नियुक्ति लिएर कार्य गरिरहेकाहरुलाई राजनीनिामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरे पनि उनीहरुले अटेर गरेपछि अध्यादेश ल्याएर एकसाथ हटाउन लागेको हो । 

यी निकायका पदाधिकारीहरुको जाँदैछ एकसाथ पद :

  • नेपाल वायुसेवा निगम
  • राष्ट्रिय समाचार समिति
  • कर्मचारी सञ्‍चय कोष
  • गोरखापत्र संस्थान
  • नेपाली भाषा प्रकाशन संस्थान,
  • चलचित्र जाँच समिति
  • सञ्‍चार संस्थान ऐन
  • शिक्षक सेवा आयोगका
  • गुठी संस्था र त्यसका समिति
  • राष्ट्रिय प्रकृति संरक्षण कोष
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
  • नेपाल विद्युत् प्राधिकरण
  • लुम्बिनी विकास कोष
  • नेपाल संस्कृति विश्वविद्यालय
  • पशुपति क्षेत्र विकास कोष
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्आ
  • युर्वेद चिकित्सा परिषद्का
  • काठमाडौं उपत्यका विकास प्राधिकरण
  • राष्ट्रिय बीउबिजन समिति
  • नेपाल खानेपानी संस्थान
  • नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • नागरिक लगानी कोष
  • प्रेस काउन्सिल
  • नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान
  • कृषि अनुसन्धान परिषद्रा
  • ष्ट्रिय दुग्ध विकास बोर्ड
  • काठमाडौं विश्वविद्यालय
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति
  • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
  • समाज कल्याण परिषद्त्रि
  • भुवन विश्वविद्यालय,
  • विश्वविद्यालय अनुदान आयोग
  • नेपाल स्काउट
  • पूर्वाञ्चल विश्वविद्यालय
  • पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति
  • नेपाल नर्सिङ परिषद्ने
  • पाल चार्टर्ड एकाउन्टेन्ट संस्था
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्बी
  • पी कोइराला मेमोरियल क्यान्सर अस्पताल
  • पोखरा विश्वविद्यालय
  • दूरसञ्चार प्राधिकरण
  • नेपाल नागरिक उड्डयन प्राधिकरण
  • नगर विकास कोषका कार्यकारी निर्देशक
  • औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
  • अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति
  • भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति
  • नेपाल इन्जिनियरिङ्ग परिषद्‌
  • नेपाल पशु चिकित्सा परिषद्‌
  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्श
  • हीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
  • नेपाल फार्मेसी परिषद्‌
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • सडक बोर्ड
  • धितोपत्र बोर्ड
  • प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड
  • सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण
  • लुम्बिनी बौद्ध विश्वविद्यालय
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
  • सार्वजनिक खरिद पुनरावलोकन समिति
  • सूचना आयोग
  • वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
  • बिरूवा क्वारेन्टाइन समिति
  • नेपाल ट्रष्टको सञ्चालक समिति
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
  • नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान
  • नेपाल प्रज्ञा प्रतिष्ठान
  • सुदूरपश्चिम विश्वविद्यालय
  • मध्यपश्चिम विश्वविद्यालय
  • कृषि तथा वन विज्ञान विश्वविद्यालय
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
  • सत्य निरूपण तथा मेलमिलाप आयोग
  • राष्ट्रिय युवा परिषद्पो
  • खरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • नेपाल खुला विश्वविद्यालय
  • निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति
  • विशेष आर्थिक क्षेत्र प्राधिकरण
  • केन्द्रीय श्रम सल्लाहकार परिषद
  • सामाजिक सुरक्षा कोष
  • विपद् व्यवस्थापन प्राधिकरण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • स्वास्थ्य बीमा बोर्ड
  • राजर्षि जनक विश्वविद्यालय
  • अपाङ्गता राष्ट्रिय निर्देशन समिति
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरण
  • लगानी बोर्ड
  • राष्ट्रिय जनस्वास्थ्य समिति
  • नेपाल मेडिकल काउन्सिल
  • राष्ट्रिय चिकित्सा शिक्षा आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै