काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारले अतिक्रमित भूमि भत्काउने व्यापकता दिइ रहेका बेला धरानका सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् । सरकारविरोधी प्रदर्शनमा विभिन्न राजनीतिक दलको समेत समर्थन मिलेको हो ।
धरानमा भएको प्रदर्शनमा हजारौँ सकुम्बासीको सहभागिता रहेको छ । हिजो भएको अन्तरक्रिया कार्यक्रममा श्रम सस्कृती पार्टी सहितका राजनीतिक दलहरूले प्रदर्शनमा सहभागिता जनाउने ऐक्यबद्धता जनाएको थिए ।
धरानमा वडा नम्बर १ को खहरे कोरिडोर, वडा नम्बर ३, ५ नम्बरको देउराली, वडा नम्बर ११ को मङ्गलवारे सगरमाथा टोल १३ को राई टोल अनाम टोल १५ को सर्दु किनार, नीराजन बस्तीमा सुकुम्वासीहरूको बसोबास रहेको छ ।
यस्तै धरान १६ मा सुनौलो बस्ती ,नौला बस्ती १७ मा डाँडा घोपाको पश्चिम क्षेत्रमा समेत सुकुम्वासीहरूको बसोबास रहेको छ ।
धरानको छाता चोकमा भेला भएर सुकुम्वासीहरूले धरान बजार परिक्रमा गरेका थिए । नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री साहको ज्यादतीको विरोध गरेका छन् ।
सुकुम्वासीको उचित बसोबासको व्यवस्था नगरी उनीहरूको बस्दै आएको ठाउँमा डोजर चलाएको भन्दै सुकुम्वासीले सरकारी दमनको विरोध गरे । उनीहरूले संविधानमा नै आवासको हक भएकाले सरकारले सुकुम्वासीको बसोबासको ग्यारेन्टी गर्नु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






