काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोसी प्रदेशमा पूर्णतया बादल तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको जानकारी दिएको छ । सार्वजनिक भएको बुलेटिनमा कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको उल्लेख गरिएको छ ।
आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी, बागमती, गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ हावाहुरी, असिनासहित मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ ।
त्यस्तै, राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ हावाहुरी, असिनासहित मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







