काठमाडौं । सरकारले आचज दोश्रो चरणमा सुकुम्बासी बस्तीमा डोजर चलाउँदैछ । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्वासी बस्ती खाली गराउने सरकारको अभियानअन्तर्गत दोस्रो चरणमा आज शुक्रबार विभिन्न क्षेत्रमा डोजर चलाउन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बल्खुको बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सारेका थिए । योक्रम आज बिहानसम्म पनि जारी छ ।
आजदेखि टेकुको वंशिघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।
पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







