काठमाडौं । सामसङ नेपालले “Remit मा Benefit” नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको remittance लाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको हो ।
Remittance केवल आर्थिक मूल्य मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक हो भन्ने बुझाइमा आधारित भएर सामसङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत नेपालभरि रहेका remittance -आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफरहरू प्रस्तुत गरिएको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्:
अफरहरू:
• स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६% सम्म cashback
• एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा
• २४ महिनासम्मको EMI सुविधा
यी सुविधाहरूले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसङका प्रिमियम तथा गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
यो अभियानलाई IME Remit, Khalti, Ncell, HFL, HIM Electronics, and Triveni Byapar Limited जस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाइएको छ। यसले देशभरिका ग्राहकहरूका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको छ ।
अफर उपयोग गर्ने प्रक्रिया:
• IME Remit मार्फत Remittance प्राप्त गर्नुहोस्
• IME कन्ट्रोल नम्बर सहित स्टोरमा जानुहोस्
• इच्छित डिभाइस छनोट गरी HFL मार्फत ऋण आवेदन गर्नुहोस्
• सामसङ स्मार्टफोन खरिद गर्दा Ncell प्याक लिनुहोस् र बोनस प्राप्त गर्नुहोस्
• Khalti मार्फत योग्य cashback प्राप्त गर्नुहोस्
लन्चको अवसरमा स्यामसुङ नेपालका MX Business का Senior Director श्री प्रणय रत्न स्थापितले भन्नुभयो:
“सामसङ हामी विश्वास गर्छौं कि remittance केवल आर्थिक सहयोग मात्र होइन—यो विदेशमा काम गर्ने लाखौं नेपालीहरूको आशा र आकांक्षाको प्रतिबिम्ब हो। हाम्रो ‘सपनादेखि सम्भावनासम्म’अभियानमार्फत हामी उनीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारका लागि नवप्रवर्तनात्मक प्रविधिलाई अझ पहुँचयोग्य बनाउन चाहन्छौं । यो पहलले किफायतीपन, नवप्रवर्तन र कनेक्टिभिटीमार्फत कठिन परिश्रमले कमाएको रेमिट्यान्सलाई अर्थपूर्ण प्रगतिमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।”
“यो अफर IME Remit मार्फत कारोबार गर्ने रेमिटरहरू र उनीहरूका आश्रितहरूका लागि विशेष रूपमा उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







