काठमाडौं । सरकारले एकै पटक आधा दर्जन अध्यादेश ल्याउने निर्णय गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल दबाबमा परेका छन् । विभिन्न दीर्घकालीन महत्वका अध्यादेश प्रमाणिकरणका लागि शीतल निवासमा पुगेपछि राष्ट्रपति पौडेल दबाबमा परेका हुन् ।
सरकारले आव्हान भइसकेको संसदको अधिवेशन नै रोकेर अध्यादेश ल्याएपछि विपक्षी दलहरुले चर्को आलोचना गरेको एवम् अध्यादेश पारित नगर्न आग्रह गरेपछि राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग परामर्श गर्न लागेका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे छलफलका लागि कानुनविद्हरूलाई बोलाएका हुन् ।
छलफलमा महान्यायाधिवक्तासँगै संवैधानिक कानुनका जानकारहरूलाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय लिनुअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श लिन लागेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







