काठमाडौं । देशब्यापी रुपमा अनधिकृत संरचना हटाउँदै अतिक्रमित जमिन आफ्नो अधिनमा ल्याउँने अभियान चलाएको सरकारले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकास्थित ‘सेज’को जग्गा पनि खाली गराउने भएको छ । विशेष आर्थिक क्षेत्रको रुपमा रहेको जग्गामा बनेका ६०० घर हटाउने तयारी सरकारले गरेको हो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित प्रमुख अजय चौधरीका अनुसार ती घर परिवारलाई हटाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको छ । त्यसका लागि प्राधिकरण कार्यालयले उपमहानगरपालिकालाई ९ वैशाखमा पत्राचार गर्दै जग्गा अतिक्रमण हटाउन समन्वयका लागि अनुरोध गरेको चौधरीले बताए । उक्त क्षेत्रमा बनेका घर–टहरा तथा लगाइसकेका बालीनाली उठाउन र नयाँ संरचना नबनाउन तथा नयाँ बालीनाली पनि नलगाउन आग्रह गरेको उनको भनाइ रहेको छ ।
त्यसैगरी, उपमहानगरपालिकाका मेयर राजन पौडेलले पनि त्यहाँका तीन वटा वडा कार्यालयमार्फत अतिक्रमित जग्गा खाली गर्ने विषयमा सूचना दिइसकेको बताए । त्यसका लागि वडा कार्यालयहरुलाई समन्वयको लागि निर्देशन दिएको मेयर पौडेलको भनाइ रहेको छ । उपमहानगपालिकाको यस्तो तयारीसँगै अब केही दिनभित्रै उक्त क्षेत्रमा अतिक्रमित भूमि खाली गराइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले कहिलेदेखि भत्काउन शुरु गर्ने भन्ने विषयमा सरोकारवालाहरुबीच छलफल चलिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







