काठमाडौं । पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ । मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी र कूटनीतिक समुदायका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमले नेपाल र पश्चिम बंगालबीच प्रत्यक्ष व्यापारिक संवाद, नेटवर्किङ र नयाँ सहकार्यका सम्भावना पहिचान गर्ने अवसर प्रदान गरेको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य
थपलियाले जनाएका छन् ।
सेल्स मिसनमा नेपालबाट १९ वटा अग्रणी ट्राभल तथा टुर कम्पनी र एक होटलसहित २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया र वरिष्ठ अधिकृत जयशक्ति सर्राफले भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै नेपाललाई वर्षभरी नै भ्रमणयोग्य तथा बहुआयामिक गन्तव्यका रूपमा प्रस्तुत गरेका हुन् । कार्यक्रममा संयुक्त पर्यटन प्याकेज विकास, आपसी प्रचार–प्रसार अभियान सञ्चालन, व्यापारिक सम्झौता विस्तार र यात्रु प्रवाह सहज बनाउने विषयमा विशेष छलफल भएको थियो ।
पश्चिम बंगालका ट्राभल अपरेटरहरूले नेपाललाई नजिकको, सुरक्षित र विविध अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा लिँदै व्यापारिक सहकार्य विस्तारमा रुचि देखाएको कार्यक्रममा सहभागी सर्राफले जानकारी गराएका छन् । कार्यक्रममा नेपालको साहसिक, धार्मिक, सांस्कृतिक पर्यटनसँगै उदाउँदा निच पर्यटन क्षेत्रहरुबारे प्रस्तुती गरिएको छ । यसका साथै पश्चिम बंगालबाट छोटो तथा मध्यम अवधिका भ्रमण प्याकेजमार्फत पर्यटक संख्या बढाउन सकिने सम्भावनालाई उजागर गरिएको थियो । यस सन्दर्भमा मिसनमा सहकार्य गरेको बुद्ध एयरद्वारा काठमाडौं–कोलकाता रुटमा साप्ताहिक चार उडान सञ्चालन भइरहेको जानकारी दिँदै, हवाई सम्पर्कले पर्यटन व्यापारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमबाट सहभागी व्यवसायीहरूबीच सकारात्मक बी–टु–बी छलफल भएको, नयाँ व्यावसायिक सम्पर्क स्थापित भएको र दीर्घकालीन सहकार्यतर्फ ठोस आधार तयार भएको प्रतिक्रिया आएको छ । सञ्चारकर्मीको सक्रिय सहभागिताले पश्चिम बंगालमा नेपालको पर्यटन सम्भावनाबारे जानकारी फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले कोलकातामा सम्पन्न नेपाल सेल्स मिसनले व्यापारिक साझेदारी विस्तारमार्फत पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन
उल्लेख्य रूपमा बढाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन्
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह
- ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
- पञ्चकोट सर्किटः ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल
- अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप
- पर्यटकीय गन्तव्य बन्दै भर्जन कालिका मन्दिर
- संसारकोटमा एक करोडभन्दा बढी लगानीमा पर्यटकीय संरचना निर्माण
- बुद्धकालीन रामग्राम र पण्डितपुर स्थल ओझेलमाः संरक्षण र प्रचारको अभाव
- पहाडकी रानी बन्दीपुरको नालिबेलीः के छ बन्दीपुरमा ?


ट्रेन्डिङ
खबरमुकाम



.jpg)


