काठमाडौँ । ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित "स्किल विक २०२६" को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो। "स्किल विक २०२६" विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ।
यस वर्ष यस हप्तालाई कार्यशाला, सिप-केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा "इन्फोटेनमेन्ट" हप्ताको रूपमा मनाइयो। जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए। कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए। कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई "स्किल हिरो अवार्ड" बाट सम्मानित गरिएको थियो।
उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो। पाँच विधामा "स्किल हिरो अवार्ड २०२६" प्रदान
आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको "स्किल हिरो अवार्ड"बाट सम्मानित गरिएको छ। अवार्डका विजेताहरू यस प्रकार छन् ।
- पर्यटन र आतिथ्य : ऋषभ अग्रवाल मुम्बई र पेरिसको इकोल डुकासबाट पाक कलामा विशेषज्ञता हासिल गर]का अग्रवालले काठमाडौँमा "सिल्क आर्टिसनल क्रिमरी" मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमलाई जोडेका छन्।
- कला र संस्कृति : किशोर कायस्थ दुई दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय कायस्थले विशेषगरी "मुस्ताङ नोस्टाल्जिया" मार्फत नेपालको फेरिएको भूगोल र जनजीवनलाई कलात्मक रूपमा कैद गरेका छन्।
- उद्यमशीलता : अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ श्रेष्ठले "मक्कुसे"नामक लक्जरी डेजर्ट ब्राण्डमार्फत परम्परागत नेपाली मिठाइलाई (पुस्टकारी) आधुनिक र विश्वव्यापी बजारमा पुर्याउन सफल भएका छन्।
- विज्ञान र प्रविधि : समीर फुयाँल ग्लोकल टिन हिरो २०१९ का विजेता समीरले "बाइटकेयर टेक्नोलोजी" मार्फत "कारोबार एप" विकास गरी साना व्यवसायीहरूलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
- प्रशिक्षुता :सोनाम नेम्वाङ डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता (Apprenticeship) मार्फत व्यावसायिक सफलता हासिल गर्नुभएकी सोनामले युवाहरूका लागि सीपमुलक शिक्षाको महत्त्वलाई उजागर गरेका छन् ।
स्किल फेस्ट र सिइओ अनप्लग
माघ २ गते (जनवरी १६ ) पुल्चोकस्थित एम्बार्क कलेजमा ुस्किल फेस्टु आयोजना गरिएको थियो, जहाँ कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए। सोही दिन "सिइओ अनप्लग्ड" को ११ औँ संस्करण पनि सम्पन्न भयो। "टुडे मिट्स टुमरोु"भन्ने नाराका साथ आयोजित उक्त सत्रमा सौरभ ज्योति (पद्म ज्योति ग्रुप), संजय गोल्छा (नियोटेरिक नेपाल) र आँचल कुँवर (दराज नेपाल) लगायतले प्यानल छलफलमा भाग लिएका थिए। उनीहरूले भविष्यको बजारमा सीपको महत्त्व र शिक्षा क्षेत्र तथा उद्योगबीचको खाडल पुर्ने विषयमा चर्चा गरेका थिए।
सहकार्य र समर्थन
यो कार्यक्रमलाई एम्बार्क कलेजले सशक्त बनाएको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, अष्ट्रेलियाली सरकार, युएई दूतावास, होण्डा, एनसर, डब्लुडब्लुएफ , युएनडिपी र ब्रिटिश काउन्सिल लगायतका संस्थाहरूले सहयोग गरेका थिए।
थप जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट https://skill.glocalafterschool.com/ मा जान सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







