काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऐतिहासिक हीरक जयन्तीको अवसरमा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो ।
शनिवार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर हीरक जयन्ती मुुल समारोह समितिका अध्यक्ष एवं चेम्बरका पूूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले सम्मान सहित प्रमाण पत्र प्रदान गरेका थिए ।
उक्त प्रतियोगितामा विभिन्न १५ जना विजेतालाई पुुरस्कार तिवरण गरिएको थियो । सो अवसरमा चेम्बरका उपाध्यक्ष एवं गल्फ प्रतियोगिताका संयोजक अर्जुुन शर्माले ७५ वर्षको चेम्बर यात्रा वास्तवमै ऐतिहासिक र प्रेरणादायी रहेको बताए । उनले भने, ‘सात दशक भन्दा बढी समयदेखि नेपाल चेम्बर अफ कमर्सले मुुलुकमा व्यापार, उद्योग, उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ,।’
उपाध्यक्ष शर्माले नेपालको खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले कर्पोरेट गल्फ आयोजना गरिएको बताए । ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजना गरिएको गल्फ प्रतियोगिताले केबल खेलकुुद मात्र नभई चेम्बरको सामाजिक सक्रियता, अनुशासन, एकाग्रता, इमानदारी र दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने शर्माले बताए । स्थापनाको ७५ औं बर्षगाँठ तथा ऐतिहासिक हिरक जयन्ती चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरि भव्यताका साथ मनाईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







