नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा.लि. ले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ। २० नोभेम्बर देखि ३१ डिसेम्बरसम्म संचालन हुने यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने उद्देश्य राखेको छ।
अभियान अन्तर्गत जेसीबी धनीहरूले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्। यस चेकअपले मेसिनमा हुनसक्ने समस्याहरू पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ।
साथै, ग्राहकलाई थप सुविधा दिन कम्पनीले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पार्ट्समा १५५ छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट प्रदान गर्दैछ।
यो अभियान धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, बिरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडमा रहेका नेपालका सबै १२ वटा जेसीबी शाखामा लागू हुनेछ। देशभर रहेका यी शाखाहरू मार्फत ग्राहकले आफ्नो नजिकको स्थानमै सहज रूपमा सेवा पाउन सक्नेछन्।
एमएडब्लू अर्थमुभर्स सबै योग्य जेसीबी मालिकहरूलाई यो अवसर उपयोग गर्न र आगामी वर्षका लागि आफ्नो मेसिनलाई राम्रो अवस्थामा तयार राख्न आग्रह गर्दछ। थप जानकारीका लागि ९८०१०९१२२२ वा ९८०१९०२१०० मा सम्पर्क गर्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






