क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न 

नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के।सी। र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न भएको हो । 
 

क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा र आसपासका क्षेत्रबाट उल्लेखिय संख्यामा अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै यस कार्यक्रमले थप ऊर्जा र उत्साह थप्ने धारणा राख्नुको साथै सम्मानित अभिकर्ताहरूले कम्पनीको भाबी योजना र लक्ष्यमा योगदान दिने प्रतिबद्धता जनाएका थिए ।

लघु बीमाको बजारीकरणमा अभिकर्ताको भुमिकाको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के।सी।ले धारण व्यक्त गर्नु भएको थियो । बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनु पर्ने योजना बारे जानकारी दिन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै