जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि बन्द रहेको मौलाकाली केबुलकार शनिबारदेखि सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा केबुलकार गत भदौ २५ गतेदेखि बन्द रहेको थियो ।
मौलाकाली केबुलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले दुई महिनापछि केबुलकार पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “प्राविधिकहरूद्वारा केबुलकारको आवश्यक मर्मत तथा परीक्षण गरेर पुनः सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो ।
भदौ २४ गतेको तोडफोड र आगजनीका कारण केबुलकारको बटम स्टेसनमा रहेका कार्यालय भवन फर्निचरलगायत प्राविधिक उपकरण क्षतिग्रस्त भएपछि कम्पनीले सेवा बन्द गरेको थियो । केबुलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमायरबाट सामानसहितका प्राविधिक आएर केबुलकार पुनर्निर्माण गरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केबुलकार अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन भइरहेको छ ।
केबुलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिर दर्शन गर्न जाने भक्तजनलाई असर परेको थियो । केबुलकार सञ्चालनमा आएसँगै ३० प्रतिशतभन्दा बढी भक्तजन बढेको कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






