जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि बन्द रहेको मौलाकाली केबुलकार शनिबारदेखि सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा केबुलकार गत भदौ २५ गतेदेखि बन्द रहेको थियो ।
मौलाकाली केबुलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले दुई महिनापछि केबुलकार पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “प्राविधिकहरूद्वारा केबुलकारको आवश्यक मर्मत तथा परीक्षण गरेर पुनः सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो ।
भदौ २४ गतेको तोडफोड र आगजनीका कारण केबुलकारको बटम स्टेसनमा रहेका कार्यालय भवन फर्निचरलगायत प्राविधिक उपकरण क्षतिग्रस्त भएपछि कम्पनीले सेवा बन्द गरेको थियो । केबुलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमायरबाट सामानसहितका प्राविधिक आएर केबुलकार पुनर्निर्माण गरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केबुलकार अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन भइरहेको छ ।
केबुलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिर दर्शन गर्न जाने भक्तजनलाई असर परेको थियो । केबुलकार सञ्चालनमा आएसँगै ३० प्रतिशतभन्दा बढी भक्तजन बढेको कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





