काठमाडौँ । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । रु. १,००० अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने रु. ३ अर्ब बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ ।
ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने
- ब्राजिलको शानदार पुनरागमन, जापानलाई हराउँदै अन्तिम १६ मा प्रवेश
- TVS ले नेपालमा सार्वजनिक गर्यो नयाँ Apache RTR 160 4V, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
- अमरसिंह थापाको जन्मका बारेमा वहसः यस्तो छ इतिहासविद्हरूको दाबी
- नाडा र ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
- मेसीको गोलसँगै अर्जेन्टिनाको सहज जित
- आज ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट सम्बोधन गर्ने
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ट्रेन्डिङ
खबरमुकाम






