काठमाडौं । जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ ।आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएमएफका आवासीय प्रतिनिधी प्रनव गुप्ता लगायतको टोलीबीच चेम्बर भवनमा आज छलफल भएको हो ।
आईएमएफका आवासीय प्रतिनिधी गुप्ताले चेम्बर भवनमा अध्यक्ष अग्रवालसंग जेनजी आन्दोलनका क्रममा भएको क्षति र आर्थिक पुर्नउत्थान सम्वन्धमा निजी क्षेत्रको तयारीबारे जिज्ञासा राखेका थिए ।नेपालमा हाल ४३ बिलियन डलर कुल ग्रार्हस्थ उत्पादन जीडीपीको ३ प्रतिशत करिव १ दशमलव २५ विलियन डलरको क्षति हुनसक्ने अनुमान गरिएको अध्यक्ष अग्रवालले बताए ।
आन्दोलनपछि अर्थतन्त्रमा परेको असर तथा निजी क्षेत्रको पुर्नउत्थानका लागि क्षतिग्रस्त भौतिक संरचनामा भन्सार तथा अन्य कर छुटको सुविधा, बीमा दावीबापत अग्रिम भुक्तानी यथाशीघ्र फस्र्योट गर्न निर्देशन तथा प्रभावित उद्यमी व्यवसायीलाई सहुलियतपुर्ण कर्जा लगायत सरकारले प्रदान गर्न लागेको नीतिगत सहजीकरणले निजी क्षेत्रलाई उत्साही बनाएको अध्यक्ष अग्रवालले बताए ।
बर्तमान कठिन परिस्थितीमा निजी क्षेत्रले आत्मबल उच्च बनाएर सरकार र सरोकारवाला निकायसंग सहकार्य गरिरहेको उनले जानकारी गराए ।चेम्बर अध्यक्ष अग्रवालसंगको भेटका क्रममा आईएमएफका आवासीय प्रतिनिधी गुप्ताले नेपालको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन निजी क्षेत्रसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






