असोज ३ काठमाडौं, । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले आग्रह समेत गरेको छ ।
वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी, क्षति विवरणको आधारमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउने संघले स्पष्ट पारेको छ ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । संघले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै संघले बीमा कम्पनीहरूलाई यस संकटको समयमा दावी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडो बीमा कम्पनीमा बुझाई दावी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गरेका छन् । साथै, बीमा कम्पनीहरूले पनि दावी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पु¥याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






