ताप्लेजुङ। भदौ अन्तिम साता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना हुने दोस्रो तिम्बुङ पोखरी ट्रेल रन (म्याराथन) प्रतियोगिताका विजेताले ५० हजार रुपियाँ पुरस्कार पाउने भएको छ ।
पर्यटकीय गन्तव्य तिम्बुङ क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताको विजेता उक्त पुरस्कार राशि पाउने भएको छ ।
आयोजक तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका विजेताले पाउने पुरस्कार राशि लगायतबारे जानकारी गराएको हो।
तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता कार्यक्रमका संयोजक अमिर राईका अनुसार प्रतियोगिता विजेताहरू प्रथमले ५० हजार रुपियाँ, दोस्रोले ३५ हजार र तेस्रोले २० हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै महिला धावकतर्फ प्रथम हुनेले २५ हजार रुपियाँ र स्थानीयतर्फ प्रथम हुनेले १५ हजार रुपियाँ नगद पुरस्कार पाउने कार्यक्रम संयोजक राईले जानकारी दिए।
पाँचथर र भारतको सिक्किमसँगको सिमानास्थित सिदिङ्वा गाउँपालिका–१, कालीखोलामा रहेको तिम्बुङ पोखरी क्षेत्रको प्रवद्र्धन, विकास र प्रचारप्रसार गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो । तिम्बुङ क्षेत्रमा पाइने दुर्लभ पदमचाल (केन्जो) को संरक्षण साथै प्रवर्धन गर्ने उद्देश्यले पनि ट्रेल रन आयोजना गरिएको समितिले जनाएको छ ।
समुद्री सतहदेखि चार हजार ३८० मिटरको उचाइमा हुन लागेको ट्रेल रन प्रतियोगिताका लागि १५ किलोमिटर कायम गरिएको छ । भदौ २६ गते हुने प्रतियोगिताका लागि सिदिङ्वा गाउँपालिका, पर्यटन कार्यालय काँकड्भिट्टा झापाको आर्थिक सहयोग रहने तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए ।
चन्द्र पन्दाक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उपभोक्ता अधिकार संरक्षण सम्बन्धी के छ कानुनी व्यवस्था
- व्यावसायिक संस्थामा राजनीति नगर्न सभामुख अर्यालको सुझाव
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ मा विश्वासको मत लिँदै
- खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
- नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
- आजको मौसमः मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने
- जेनजी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्मः अब युवाले खोजेको उत्तर के हो ?
- मुक्तिनाथ विकास बैंकको नाइमा एक्सपो लक्षित अटो लोन योजना


ट्रेन्डिङ
खबरमुकाम







