नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । करिब ५० वर्षपछि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा दोस्रो राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय भएको हो ।
छायाँनाथ राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रूपमा चिनिने भएको छ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९ सय ६ वर्गकिलोमिटर भू-भागलाई छुट्याएर छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो ।
स्थानीय बासिन्दाले कामको सिलसिलामा शे–फोक्सुण्डो निकुञ्ज आउजाउ गर्दा पैदलमार्गबाट एक साता समय खर्चिनुपर्ने समस्या समाधान गर्न मन्त्री शाहीले पहल गरेको जानकारी मन्त्री शाहीको सचिवालयले दिएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाले पनि सो भू-भागलाई छुट्याएर नयाँ निकुञ्ज बनाउन माग गर्दै आएको थियो। उक्त निकुञ्ज गाउँपालिकाको वडा नं. १ मा पर्नेछ।
यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या अब १३ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





