सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था (FPCA) लाई आर्थिक सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था (FPCA) लाई आर्थिक सहयोग गरेको हो ।
वार्षिकरुपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोष विक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरेका हुन्।
एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ । उनले अटिजम पीडित बालबालिका र व्यक्तिहरुलाई सामाजिक र आर्थिक रुपमा सहयोगको आवश्यकता रहेको बताए । ‘जनचेतना र ज्ञानको अभावका कारणले हाम्रो समाजमा अटिजम बालबालिकालाई हेर्ने दृष्टिकोण फरक छ’, उनले भने, ‘यसको न्यूनीकरणमा आआफ्नो ठाउँबाट सबैले सहयोग गर्न जरुरी छ ।’ चेक बुझ्दै एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम पीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन् ।
विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डेकेयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ । संस्थाले बालबालिकालाई व्यक्तिगत शिक्षा योजना (IEP) अनुसारको पठनपाठन र विशिष्ट थेरापीको सेवा पनि दिने गर्दछ।
सोसाइटी इन्टरनेशनल ट्राभल्सका बारेमाः
सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जि.एस.ए. प्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट (जीएसए) को रूपमा कार्यरत छ। यात्राका सबै पक्षमा सहयोग गर्न र सेवा प्रदान गर्न यो संस्था समर्पित छ । यसका साथै सीएसआर कार्यक्रममार्फत् विभिन्न सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य गर्दै नेपाली समुदायलाई योगदान पुर्याउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





