कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई १० थान डोनर बेड सहयोग

विराटनगर । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ ।

बैंकको शाखा कार्यालय विराटनगरमार्फत प्रदान गरिएको उक्त सहयोग रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब तथा विपन्न वर्गका बिरामीलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिएको बैंकले जनाएको छ ।

एक कार्यक्रमबीच बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुखदेव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गर्नुभएको हो ।

 

कार्यक्रममा बोल्दै सभापति मण्डलले बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

त्यसैगरी, प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको उल्लेख गर्नुभयो । उहाँले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

रक्त संकलन सेवा सञ्चालनका क्रममा डोनर बेड अत्यावश्यक हुने भएकाले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै