प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नरेश कुमार रोका ले हस्ताक्षर गरेका छन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले मिति २०८०/०२/०८ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी मिति २०८०/०३/३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आईरहेको छ ।
बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि.न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिलाई बीमा सेवा प्रदान गर्दै तथा बीमाको सहज पहुँच दिलाइ आर्थिक जोखिमहरू व्यवस्थापन गर्न र अप्रत्याशित घटनाहरू विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न सहायता पुर्याउंदै आएको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. ले आफनो लक्षित वर्गको आवश्यकता र आकांक्षाहरुलाई पुरा गर्न विविध लघुबीमालेखहरु मार्फत पहुँच योग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउदै आएको छ ।
हाल कम्पनीले सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयहरु मार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






