नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङले पर्यटकहरुको सुविधाका लागि पदमार्गसँगै काठेपुल र विश्रामस्थल निर्माण गरेको हो ।
पछिल्लो समय ढोरपाटनको बुकीपाटन क्षेत्रमा जाने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुन थालेपछि २० लाख बजेटबाट पाँच सय मिटर पदमार्गसँगै खोलाखोल्सामा तीन काठेपुल र तीन विश्रामस्थल निर्माण गरिएको पर्यटन कार्यालयका इन्जिनियर सुजन दरैले जानकारी दिए । ढोरपाटन हुँदै बुकी जाने लेकाली गोरेटा मात्रै छन् ।
अहिले निर्माण गरिएको पदमार्ग पर्याप्त नभएकाले गार्पादेखि बुर्की र टिकाधारा क्षेत्रमा जाने बाटो अझै जोखिम रहेको छ । वर्षामा चिप्लो र भीरको बाटो हिंड्नुपर्दा अधिकांश पर्यटक गार्पा छेडाबाटै फर्कने गरेका छन् । ढोरपाटन उपत्यकाबाट एक दिनको पैदलयात्रामा टिकाधारा र बुकीपाटन पुग्न सकिन्छ । बुकीपाटन फन्को मार्ने पर्यटकले भेडीगोठमा बस्ने, खाने र मनोरञ्जन समेत लिने गर्छन् ।
गार्पाछेडा, चेप्टा ढुङ्गा, साँघुरे गौंडा, अन्तरेथरी, ठाडो खोला, ढुंगे देउरालीमा अप्ठ्यारो बाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ । जलजला, सुर्तीवाङ, टिकाधारा र जाल्पा तालले पर्यटक लोभ्याउने गरेको छ । ती स्थानमा पर्यटक सहजै लैजाने पदमार्ग निर्माण भएमा वार्षिक ५० हजारदेखि एक लाखसम्म पर्यटक भित्राउन सकिने ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खिमहादुर घर्ती बताउछन् ।
चालु आर्थिक वर्ष पनि ढोरपाटन–बुकी–फागुने–सुर्तीवाङ चक्रिय पदमार्ग निर्माणका लागि १५ लाख बजेट विनियोजन भएको छ । पदमार्गका लागि बजेट छुट्टिए पनि काम गर्न भने प्रक्रिया नै झन्झटिलो रहेको पर्यटन कार्यालयका प्रमुख पारसिंह थापाको अनुभव छ । ‘‘वन मन्त्रालयको पहुँच नपुगे काम गर्नै नसकिने अवस्था छ’’ थापाले भने, ‘‘सरकारी काममा सरकारी कार्यालयबाटै हुने अबरोध हट्नुपर्छ ।’’
ढोरपाटन सिकार आरक्ष, पर्यटन मन्त्रालय, वन मन्त्रालय, वन विभाग, मुख्यमन्त्री कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मन्त्रिपरिषदको कार्यालय धाएपछि मात्र आरक्षको निगरानीमा पर्यटकीय संरचनाहरु निर्माणको काम भएको थियो । पर्यावरण जोगाउन स्थानीय ढुङ्गाको पदमार्ग र काठको विश्रामस्थल बनाएकोले पर्यावरण संरक्षण र वन्यजन्तुबारे सचेत बनेको थापाको भनाइ छ ।
यो वर्ष बुकीपाटनमा पर्यटकहरु आगमन बाक्लो हुँदा भेडी गोठालेहरुले समेत टेन्टमा पाहुना राखेर राम्रो आम्दानी गरेको वडाध्यक्ष घर्तिले बताए । धेरै पर्यटक ढोरपाटन पुग्न थालेपछि होटल र होमस्टे व्यवसाय फस्टाउँदा स्थानीय आयआर्जनमा जोडिएका छन् । अघिल्ला वर्ष झण्डै २० हजार पर्यटक जाने ढोरपाटनमा यो वर्षा याममा मात्रै ३० हजार बढीले घुमेको तथ्यांक छ ।
रामकृष्ण बोहरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






