कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई आफ्नो पर्यटन लक्ष्य हासिल गर्न अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्न जरूरी छ । साथै गुणस्तरीय र दिगो पर्यटन प्रवर्द्धन महत्वपूर्ण रहन्छ । कोशीको पर्यटनलाई अन्तराष्ट्रिय जगतमा चिनाउने काम नाट्टा कोशी प्रदेशले पनि गरिरहेको छ । तेस्रो मुलुकबाट पर्यटक भित्र्याउन आगामी दिनमा कोशी इन्टरनेसनल ट्राभल्स मार्ट गर्ने नाट्टा कोशी प्रदेशको लक्ष्य छ । जसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ । त्यस्तै नाटा केन्द्रमार्फत पनि कोशी प्रदेश पर्यटनमय बनाउन सहयोग मागिरहेको छ । यी र यस्तै विषयमा मुकामको कोशी प्रदेश पर्यटन वर्ष २०८२ विशेषाङ्कका लागि नाट्टा कोशी प्रदेश अध्यक्ष पुण्य भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
नाट्टा कोशी प्रदेशले कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा के गर्ने योजना बनाएको छ ?
नाट्टा कोशीमा हामीले कोशी प्रदेशसँग सम्बन्धित विभिन्न प्याकेज टुरहरुलाई बजारीकरण गरेका छौँ । जो कोशी प्रदेशका कुनै पनि पर्यटन क्षेत्रको हामीसँग टुर प्याकेज छ । घुम्न आउने पर्यटकलाई हामी बीस मिनेटभित्रमा गुणस्तरीय प्याकेज दिने वातावरण बनाएका छौँ ।

नाट्टा कोशी प्रदेशले कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा विदेशी पर्यटक भित्र्याउन के कति योगदान दिन सक्छ ?
कोशी प्रदेशको मुख्य पर्यटन बजार भारत हो । हामीले भारतीय बजारमा व्यापक रुपमा कोशीको साथै नेपालकै पर्यटन प्रवर्द्धनको काम गरिरहेका छौँ । भर्खर बिअइटिएम मा १७ देशका ट्राभल्स एण्ड टुर्स व्यवसायीहरुसँग कोशी प्रदेशको पर्यटन प्रवर्द्धनको लागि काम गरेका छौँ । बि टु बि गरेका छौँ । पर्यटक भित्र्याउन आह्वान गरेका छौँ । कोशी प्रदेश सरकारले अभिभावकको भूमिका निभाइरहेको छ, हामीसँग मिलेर काम गरि रहेको छ– हाम्रो साथमा छ ।
विदेशी र खासगरी युरोपियन–अङ्ग्रेजीभाषी पर्यटकलाई कोशी प्रदेशका हिमालबाहेक अन्यत्र भ्रमण गराउन नाट्टा कोशी प्रदेशले तयार गरेका रणनीति के हुन् ?
तेस्रो मुलुकबाट पर्यटक भित्र्याउन आगामी दिनमा कोशी इन्टरनेसनल ट्राभल्स मार्ट गर्न लक्ष्य छ। जसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ । त्यस्तै नाटा केन्द्रमार्फत पनि कोशी प्रदेश पर्यटनमय बनाउन सहयोग मागेका छौँ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ ले उल्लेखनीय या अपेक्षित परिणाम प्राप्त गर्न कस्ता प्याकेजमाथि बहस चलाउनु पर्ला ?
कोशीलाई आफ्नो पर्यटन लक्ष्य हासिल गर्न अन्तराष्ट्रिय स्तरमा बजारीकरण गुणस्तरीय र दिगो पर्यटन प्रवर्द्धन महत्वपूर्ण रहन्छ । हामीले कोशीको पर्यटनलाई अन्तराष्ट्रिय जगतमा चिनाउन जरुरी छ त्यो हामी गर्छौं किनकि हामीसँग अहिले प्रदेश सरकार साथमा छ ।
नाट्टा कोशी प्रदेश पर्यटन प्रवर्धनमा प्रतिबद्ध निजी संस्था हो । सरकारी नीतिमा समस्या होलान् । व्यवहारिक ढिलाइको सम्भावना पनि रहन्छ । यस्तो अवस्थामा नाट्टाले कसरी समन्वय गर्छ ?
हामीसँग नितिगत समस्या छन् । यी समस्या निराकरण गर्न प्रदेश सरकार साथमा छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय, पर्यटन मन्त्रालय सकारात्मक छन् । नीतिगत कानुनी समस्यालाई फुकाउनुपर्छ । निजीक्षेत्र र सरकार मिलेर सहकार्य गर्नैपर्छ । त्यसका लागि नाट्टा कोशीबाट सधैँ समन्वयात्मक भूमिका प्राप्त हुनेछ ।

(भट्टराई नाट्टा कोशी प्रदेशका अध्यक्ष हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विस्थापित सुकुम्बासीले आफ्नो व्यवस्था आफैं गर्नुपर्ने सरकारको निर्णय
- सुनुवाइ समितिबाट सर्वसम्मत प्रधानन्यायाधीश बने डा. शर्मा
- आर्थिक स्थिति डामाडोल, देशको कुरा उठाउन छोडेर सांसदद्धारा स्वकीय सचिवमा जोड !
- राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
- सासा ट्राभल्सले पूरा गर्यो पहिलो वर्ष
- सरकार आफैं सरकारी सम्पत्ति कब्जा गराउँदै, पहिले कौडीको भाउमा भाडामा दिने, अहिले अतिक्रमण हुँदा चुपचाप !
- संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- प्रस्तावित प्रधानन्यायाधीश शर्माको विषयमा समितिमा छलफल हुँदै


ट्रेन्डिङ
खबरमुकाम







