काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१ र ८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ। बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्ता मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा ब्यबसायमा बीमा सल्लाहकारहरुको महत्व र अपरिहार्यता माथि प्रकाश पार्नुहुदै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुराउनु पर्ने बताए। साथै कम्पनीले आ. व. २०८१ र ८२ मा रु ७०० करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।

कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बोल्दै अभिकर्ताहरूलाई आवश्यक सीप र कलाको बारेमा प्रस्ट परेका थिए ।कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरु उत्कृष्ट १ मा पर्न गरेको मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसै अनुरुप योजना सहित काममा परिचालित भएको बताए । कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह
- ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै


ट्रेन्डिङ
खबरमुकाम







