काठमाडाै । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।
प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै अध्यक्ष पोखरेलले बीमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बीमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिए। सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत ल्याएका बीमा स्रम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिनुहुँदै अध्यक्ष पोखरेलले भन्नुभयो, “संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गरौं, संस्थाको जिम्मेवारी ठूलो छ, बीमितको हकहित संरक्षण गर्नुछ, बीमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमान्दारिताका साथ काम गरौं ।”
अध्यक्ष पोखरेलले बीमा सचेतना मार्फत बीमाको पहुँच बढाउन, बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बीमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताए।
यसअघि, अध्यक्ष सेवन्तक पोखरेल प्राधिकरणमा आउदा उनलाई प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





