काठमाडाै। वीरगन्ज महानगरपालिकाले विगत दुई आर्थिक वर्ष यता बेरुजु रकमको परिमाण वर्षेनी घटाउँदै लगेको छ । महानगरको मेयर राजेशमान सिंह निर्वाचित भए यताको हरेक आर्थिक वर्षमा महानगरपालिकाको बेरुजु रकमको परिमाण घट्दै गएको छ । महानगरको मेयरमा सिंह निर्वाचित हुनु अघिको आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज महानगरको बेरुजु रकम कूल ६७ करोड ७८ लाख १० हजार रुपैयाँ थियो । तर त्यसयताको हरेक आर्थिक वर्षमा महानगरको बेरुजु रकम घट्दै गएर आर्थिक वर्ष २०८०/०८१ सम्म आइपुग्दा कूल बेरुजु रकम २२ करोड ७५ लाख २३ हजार रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज महानगरको बेरुजु रकम ६७ करोड ७८ लाख १० हजार रुपैयाँ रहेकोमा त्यसमा पेश्की बेरुजु रकम मात्रै ८ करोड ७६ लाख २८ हजार रुपैयाँ,असुल गर्नुपर्ने बेरुजु रकम २४ करोड ९ लाख ७० हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम १२ करोड ३८ लाख ५४ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम २२ करोड ५३ लाख ५८ हजार रुपैयाँ थियो ।
मेयर सिंहको कार्याकालको पहिलो आर्थिक वर्ष २०७९/८० मा भने वीरगन्ज महानगरको बेरुजु रकम ५० करोड ९१ लाख ५० हजार रुपैयाँमा झर्यो ।जसमा पेश्की बेरुजु रकमपनि अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ८ करोडले घटेर ७८ लाख ८१ हजार रुपैयाँ मात्रै देखियो। यस्तै असुल गर्नुपर्ने बेरुजु रकम १३ करोड ९५ लाख ९७ हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम ६ करोड ४५ लाख ३२ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम २९ करोड ७१ लाख ४० हजार रुपैयाँ थियो । गत आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज महानगरको कूल बेरुजु रकम २२ करोड ७५ लाख ३३ हजार रुपैयाँ मात्रै देखिएको महालेखापरीक्षकको कार्यालयले २ जेठमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) मा उल्लेख छ ।
जसमा पेश्की बेरुजु रकम ५१ लाख ५० हजार रुपैयाँ मात्रै छ । यस्तै असुल गर्नुपर्ने बेरुजु रकम ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ,नियमित गर्नुपर्ने बेरुजु रकम १२ करोड २९ लाख ९१ हजार रुपैयाँ र प्रमाण पेश गर्नुपर्ने बेरुजु रकम ६ करोड ४५ लाख ३५ हजार रुपैयाँ देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज महानगरपालिकामा महालेखाले ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेकोमा भेटिएको बेरुजु रकम लेखापरीक्षण भएको रकमको ३.६२ प्रतिशत मात्रै हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज महानगरले संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी ३ अर्ब १२ करोड २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु, पुँजीगत र अन्य गरी ३ अर्ब १६ करोड १६ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो । कानुन बमोजिम रित नपु¥याइ कारोबार गरेको, बेमुनासिब वा हिनामिना देखिएको भनी लेखापरीक्षकले कैफियत जनाएको रकमलाई बेरुजु भनिन्छ । वीरगन्ज महानगरपालिकाका आन्तरिक लेखा परीक्षक हरिशंकर कुर्मीले वीरगन्ज महानगरपालिकाले विगत दुई आर्थिक वर्षयता बेरुजु रकम घटाउँदै लगेको बताए । महानगरको खर्च प्रकृयामा सुधार आउँदै गएका कारणले बेरुजु रकमको परिमाण घट्दै गएको उनले बताए ।
साथै महानगरका अहिलेका जनप्रतिनिधिका तर्फबाट अनुचित दबाब नहुने गरेको र कर्मचारीले पनि सबै प्रकृया पुरा गरेर काम गर्दै आएका कारणलेपनि बेरुजु रकम घट्दै गएको उनले बताए । कुर्मीले भने,‘ अहिलेका जनप्रतिनिधि ज्युहरुबाट कर्मचारीलाई कुनै अनुचित दबाब छैन । बरु उहाँहरुले त नियमसंगत र बेरुजु रकम सकेसम्म कम हुने गरी काम गर्नुस् भनेर निर्देशन दिदैं आउनु भएको छ ।’ वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पनि भुक्तानी लगायतका काममा आँफुले कर्मचारीलाई कुनै दबाब नदिने गरेको बताए ।कानुन, नियम र प्रकृयाले मिल्ने काममात्रै गर्न कर्मचारीहरुलाई आँफुले प्रोत्साहित गर्दै आएको उनले बताए । सिंहले भने,‘ बेरुजु रकम कसरी कम हुन्छ ? नियमको दायारामा रहेर पहिलेका बेरुजु कसरी फर्छौट गर्न सकिन्छ ? यी सबै कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिदैं आएको छु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







