काठमाडौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बिच झोला वितरण गरेको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, शिक्षक अभिभावक सँघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





