काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना “रिलायबल समृद्धि योजना” बैशाख ३ गते बाट बिक्री खुल्ला हुने भएको छ, जसको आकार रु. १ अर्व रहेको छ ।
जस मध्ये ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई अथवा रु ८५ करोड रुपैया बराबरको सार्वजनिक निष्काशन (IPO) मार्फत विक्री खुल्ला गरिएको छ ।
यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानीकोष हो ।
यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ । रिलायबल सामूहिक लगानी कोष को सार्वजनिक निष्काशन मिति २०८२/०१/०३ गतेदेखि छिटोमा २०८२/०१/०७ गते र ढिलोमा २०८२/०१/१७ गते सम्म खुल्ला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु १ हजार देखि अधिकतम रु १० करोड सम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैँक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ । कम्पनीले शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





