काठमाडौं - अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यवहरुको प्रचार तथा प्रबर्द्धन गरिएको छ । अमेरिकाको कोलोराडोस्थित डेन्वरमा भएको 'ट्राभल एण्ड एड्भेन्चर शो-२०२५' मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वमै 'साहसिक पर्यटन राजधानी' को प्रस्तुत गरेको छ ।
यही मार्च ८-९ मा सम्पन्न 'ट्राभल एण्ड एड्भेन्चर शो-२०२५' मा नेपाल पर्यटन बोर्डले एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाललाई एक साहसिक र सुरक्षित पर्यटन गन्तव्यको रुपमा प्रस्तुत गरिएको हो । बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारी र बोर्डका कार्यकारी निर्देशकले नेपालको समृद्ध र विविध पर्यटकीय क्षेत्र र गतिविधिहरुको बारेमा जानकारी दिँदै अमेरिकी पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरेका छन् ।
सोही कार्यक्रमका बीच नेपाल पर्यटन बोर्डले कार्यक्रममा सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधारशिविरसम्मको पदयात्रा नि:शुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी हुन् । उनले यही मार्चदेखि मेसम्ममा नेपाल भ्रमण गरिसक्नुपर्नेछ । नेपाल भ्रमणका क्रममा लाग्न खर्च बोर्डले व्यवहोर्ने भएको छ ।
यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रबर्द्धन र प्रचारका लागि थप मद्दत पुग्ने बोर्डको विश्वास छ । 'ट्राभल एण्ड एड्भेन्चर शो-२०२५' आधिकारिक वेबसाइट अनुसार नेपाललाई साहसिक यात्राको राजधानीको रुपमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, 'विश्वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल 'पर्वतारोहीको लागि उत्कृष्ट' गन्तव्य हो । अद्भुत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेहरुका लागि अनुपम अनुभव प्रदान गर्दछ।'
नेपाल पदयात्राबाहेक पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप-लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटकीय गतिविधिहरुले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।
कोरोना महामारीपछि नेपालमा पर्यटकहरु भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डले संसारका विभिन्न मुलुकहरुमा पर्यटन प्रबर्द्धन, प्रचार र पर्यकीय गतिविधिहरुमा तीव्रता दिइरहेको छ। 'ट्राभल एण्ड एड्भेन्चर शो-२०२५' मा नेपालका ९ वटा निजि पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






