टीकापुरस्थित डल्फिन देखिने ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिँदै

कैलालीको टीकापुर नगरपालिका– ७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिँदैछ । पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको हो ।

पर्यटन विकास गर्ने उद्देश्यले ताल क्षेत्रको सौन्दर्यीकरणको काम भइरहेको वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए । उनका अनुसार ताल परिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ ।

यसैगरी, तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ । आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य पनि भइरहेको छ । यस्तै, ताल परिसर क्षेत्रमा बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताए । १२ बिघा क्षेत्रफलमा फैलिएको ओजुवा ताल विभिन्न प्रजातिका चरा पनि बस्ने गरेका छन् । 

ताल परिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्गत ८० लाख र टीकापुर नगरपालिकाले ८० लाख बजेट विनियोजन गरेका छन् । टीकापुरकै साउँद बिल्डर्सले ठेक्का पाएर संरचना निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीले ढिलाइ गरेपछि एक करोड दुई लाख रुपियाँमा काम गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै