पुम्दीकोटमा शिवको मूर्ति अवलोकन गर्ने पर्यटकको दिनहुँ लाग्छ भीड

पोखरा महानगरपालिका वडा २२ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटमा शिवरात्रीको अवसरमा भक्तजनको भीड लागेको छ । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति बनाइएको छ । शिवको मूर्ति अवलोकन गर्न दिनहुँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् । 

पोखराको मुख्यबजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित अन्नपूर्ण हिमहृङखलनका साथै मनोरम दृश्य नियाल्न सकिन्छ । 

रमणीय स्थानमा रहेको पुम्दीकोटमा पर्यटकलाई लामो समय टिकाउन र भुलाउन अन्य पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । शिवको मात्र नभएर शिवको मूर्तिबाट ठिक पश्चिमतर्फ पार्वतीको मूर्तिसमेत निर्माण गरिएको छ । त्यसले पनि थप आकर्षण थपेको छ ।

शिवरात्री बाहेक अन्य समयमा पनि विशाल शिव मूर्तिको अवलोकन गर्न सयौंँ पर्यटक त्यहाँ पुग्ने गरेका छन् । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय राजधानी पोखरामा मानव निर्मित पर्यटकीय पूर्वाधार आन्तरिक तथा वाह्यक पर्यटकको रोजाइमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै