काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा एक मालवाहक जहाजमाथि भएको आक्रमणलाई युद्धविराम सम्झौताको उल्लंघन भएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजहरूमाथि कम्तीमा चारवटा ड्रोन प्रहार गरेको दाबी गरेका छन् ।
उनका अनुसार तीमध्ये एउटा ड्रोनले ठूलो तथा अत्यन्त महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रत्यक्ष प्रहार गरेको थियो । ‘यस आक्रमणबाट जहाजमा क्षति पुगे पनि त्यसले आफ्नो यात्रा जारी राख्न सफल भयो । हामीले अन्य तीनवटा ड्रोन खसाल्यौँ । यो हाम्रो युद्धविराम सम्झौताको स्पष्ट र मूर्खतापूर्ण उल्लंघन हो,’ ट्रम्पले लेखेका छन् ।
बेलायतको समुद्री सुरक्षा निकाय यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार बिहीबार ओमानको दहीत बन्दरगाहबाट करिब ७.५ समुद्री माइल दक्षिण–पूर्वमा रहेको एक मालवाहक जहाजमाथि अज्ञात प्रोजेक्टाइलबाट आक्रमण भएको थियो । यद्यपि उक्त घटनामा कुनै मानवीय क्षति भएको छैन ।
समुद्री सुरक्षा कम्पनी व्यानगार्डका अनुसार सिंगापुरको झण्डा बोकेको मालवाहक जहाज ‘एभर लभ्ली’ आक्रमणपछि पनि सुरक्षित रूपमा होर्मुज जलमार्ग पार गर्न सफल भएको थियो र उसलाई कुनै बाह्य सहायता आवश्यक परेको थिएन ।
अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण फेब्रुअरीयता खाडी क्षेत्रमा सयौँ जहाज तथा हजारौँ नाविक प्रभावित भएका छन् ।
होर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबार उद्धार तथा निकासी अभियान सुरु गर्ने घोषणा गरेको थियो । तर बिहीबारको आक्रमणपछि उक्त अभियान अस्थायी रूपमा स्थगित गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






