गुल्मी। गुल्मीको पुल्चोक स्पोट्स क्लबले तम्घास चिदिचौर खेलमैदानमा आयोजना गर्न लागेको ‘पुल्चोक क्रिकेट लिगको चौथो संस्करण’ को सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु हुँदैछ । फागुन १९ गतेसम्म सञ्चालन हुने पुल्चोक क्रिकेट लिगको चौथो संस्करणमा आयोजकसहित चार क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रकाश मरासिनीले जानकारी दिए ।
क्लबका अध्यक्ष मरासिनीका अनुसार पुल्चोक क्रिकेट लिगको चौथो संस्करणमा आयोजक पुल्चोक स्पोट्स क्लब, फोर्टिन स्टार युवा क्लब, ब्रदर्श युथ सोसाइटी र दुविचौर टाइगरले भाग लिने भएका छन् । प्रतियोगितामा भाग लिने क्लब तथा टिमहरूले अक्सनमार्फत खेलाडीहरू खरिद गरिसकेका छन् । पुल्चोक क्रिकेट लिगको चौथो संस्करणका लागि अक्सनमा रहेका ६५ जना खेलाडीमध्ये ५२ जना खेलाडी अनुबन्धित गराइएको उनले बताए ।
अक्सनबाट सर्वाधिक मूल्य पाउने सुरज थापा, गणेश थापा, एसएस–यू खेलाडी बन्न सफल भए। अक्सनमार्फत १३/१३ जना खेलाडी छनोट भएका छन् । प्रतियोगिताका लागि आयोजकले प्रतियोगितामा सहभागी क्लबलाई खेलाडी खरिदका लागि एक लाख क्वाइनसम्म खर्च गर्ने व्यवस्था गरेको थियो ।
क्रिकेट खेल खेलिसकेका दुईरदुई जना मार्की र एक/एक जना टिम कप्तानका रूपमा सहभागी क्लब स्वयम्ले छनोट गरेका पुल्चोक स्पोट्स क्लबका महासचिव उमेश पाण्डेले जानकारी बताए ।
विगतदेखि नै पुल्चोक क्रिकेट लिगको आयोजना गर्दै आएको यस पुल्चोक स्पोट्स क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रा फुटबल प्रतियोगिताको आयोजना समेत गर्दै आएको छ । यसरी क्लबले आयोजना गर्ने प्रतियोगिताले जिल्लाको खेल क्षेत्रसँगै आर्थिक विकासमा समेत टेवा पुर्याउने स्थानीयहरूले बताएका छन् ।
पुल्चोक क्रिकेट लिगको चौथो संस्करणका विजेताले ४० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र, उज–विजेताले पुरस्कार १० हजार रुपियाँ नगद र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






